निर्मलाका बुवाआमा १० जना महिला अधिकारकर्मी सहित न्याय खोज्दै काठमाडौंमा

काठमाडौं भदौ २७,/ छोरीको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गादेवी पन्त मंगलबार काठमाडौं आइपुगेका छन्।
१० जना महिला अधिकारकर्मीका साथमा उनीहरू काठमाडौं आएका हुन्। ‘अहिलेसम्म दोषी बचाउने खेल मात्र भयो। न्याय पाउनेमा विश्वास नलागेपछि न्यायका लागि आग्रह गर्न काठमाडौं आएको छु,’यज्ञराजले भने।

यसैबीच निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमदत्त नगरपालिका(१९ का ४१ वर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ। डिएनए रिपोर्ट मेल नमिलेपछि उनी निर्दोष ठहरिएका छन्।

निर्मलाको डिएनए प्रोफाइलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृण ओझाले जानकारी दिए। कञ्चनपुरबाट दिलबहादुर छन्त्यालले आजको नागरिक दैनिकमा यो खबर छापिएको छ लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्