नेपालमा रेल ल्याउन चीन आतुर, बिदेश मामिला सचिव भन्छन् “नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो”

काठमाडौं भदौ २७,/ काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ(काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन्।


चीनले केरुङ(काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ। ‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छौं, यसमा काम भइरहेको छ,’जनकांग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो। सीमा जोडिएका हामी आपसमा सहकार्य गरेर अघि बढ्ने हो।’

नेपाली सीमा केरुङसम्म रेल कहिलेसम्म आउला तरु चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा परेको बताउँछन् । चुले भनेका छन्,‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ। ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा लिन्जीबाट चन्द्रशेखर अधिकारीले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्