मन्त्रीदेखि तल्लो कमिटिको एकताबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं भदौ २७,/ नेपाल कम्युनिष्ट पार्टी ने क पा०को सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बस्दैछ । बैठक बुधबार बिहान ११ बजेका लागि बोलाईएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्य व्यस्ताताका कारण दिउँसो तीन बजेका लागि बैठक सारिएको हो ।

पार्टीको तल्लो कमिटिको एकता प्रक्रियामा देखिएको समस्या तथा सरकारको कामकारबाही लगायत बिषयमा छलफल गर्न बैठक बून लागेको हो।

पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रियाटुंगो नलागेपछि त्यसको स्पष्ट मापदण्ड बनाउन बैठक बोलाइएको स्रोतले जनाएको छ।

मुख्य गरी जिल्ला कमिटिको एकीकरणमा पार्टीभित्र समस्या देखिएको छ । त्यस्तै आजको बैठकमा सरकारको काम काबार्हीका बिषयमा पनि छलफल हुने प्रधनमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सरकारका मन्त्रीहरुको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टी भित्रै चर्को असन्तुष्टी भएपछि नेकपाले सचिवालय बैठकमै त्यसको समिक्षा गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्