कोरियन एयरका अध्यक्षमाथि प्रहरी सोधपुछ

सिओल / कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ ।

हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको निजी निवासमा राखिएका सुरक्षागार्डको भुक्तानी कोरियन एयरबाट गरेका थिए । सिओल महानगरीय प्रहरीमा उपस्थित भएका चोले संवाददाताहरुसँग आफूले प्रहरीलाई घटनाका बारेमा सबै कुरा बताएको जानकारी दिनुभयो ।

यसैवर्ष मात्र विभिन्न घटनामा चो तेस्रोपटक प्रहरीको सोधपुछमा परेका छन् । जुन २८ मा उनी कर छलीको आरोपमा पक्राउ परेका थिए भने जुलाई ७ मा एक अभियोगमा अदालतले सोधपुछ गरेको थियो । रासस/योन्हाप


प्रतिक्रिया दिनुहोस्