साफ च्याम्पियनसिप सेमिफाइनलको सुरुवातीमै नेपाल १–० ले पछाडि

ढाका, २७ भाद्र / साफ च्याम्पियनसिपको सुरुवातमै नेपाली टोली खेलमा १–० पछि परेको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा नवौं मिनेटमा फ्रिकिकमा गोल खाएपछि नेपाल सेमिफाइनलमा पछि परेको हो ।

कप्तान अक्रम अब्दुल घानीले पेनाल्टी बक्सको केहि बाहिर पाएको फ्रिकिकमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली रक्षक सुमन अर्यााल र गोलकिपर किरण चेम्जोङ असफल भएका थिए । जारी प्रतियोगितामा माल्दिभ्सको यो पहिलो गोल हो ।


प्रतिक्रिया दिनुहोस्