लगातार गल्तीका कारण बाहिरिनु पर्‍यो – प्रशिक्षक महर्जन

ढाका /  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले लगातार गल्ती दोहोर्याउँदा साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग बाहिरिनु परेको बताएको छ । नेपाल माल्दिभ्ससँग ३-0 ले पराजित हुँदै घर फर्किएको छ ।

खेलको सुरुआतमै गोल खाएको नेपालले कप्तानको  फ्रिकिक गोलमा पछाडी पारेको नेपाली टोलीले अन्तिम समयमा लगातार दुई गोल खाएको थियो ।  खेलदौरान वर्षा भएपछि पहिलो हाफको बिचमा खेल रोक्नुपरेको थियो । नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने : सोचे अनुसारको खेल्न नसक्दा पराजित हुन पुगेको बताए । ‘आज हामीले सोचे अनुसार खेल्न सकेनौं । सोचेजस्तो खेल्न नसकिरहेको अवस्थामा मौसमले पनि साथ दिएन ।’

वर्षासँगै चट्याङ परेपछि प्रतिकुल मौसमको कारण देखाउँदै खेल आधा घण्टापछि पुन: सुचारु भएको थियो । पहिलो गोल नै खेलको टर्निङ प्वाइन्ट बन्यो ।


प्रतिक्रिया दिनुहोस्