प्रथम इच्छाकामना महोत्सवको दोश्रो दिन ८ हजार दर्शकले गरे अवलोकन,मौसमले धोका नदिए अझै दर्शक बढ्ने

कुरिनटार,२७ भदौ । प्रथम इच्छाकामना महोत्सव २०७५को दोश्रो दिन बुधबार मात्र १० हजार दर्शकले अवलोकन गरेका छन् । “कृषि पर्यटन र व्यापार, ईच्छाकामनाको मुल आधार” भन्ने मुल नारा सहित उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएम कुरिनटारको संयुक्त आयोजनामा चितवनको एक मात्र गाउँपालिका स्थित सर्वशान्ति मा.वि.को खेल मैदान कुरिनटारमा मंगलबार देखि सुरु भएको महोत्सवमा आज ८ हजार भन्दा बढि दर्शकहरुले महोत्सवको अवलोकन गरेको सह–संयोजक तथा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङले अरुनपोष्ट डटकमलाई बताए ।
प्रतिकुल मौसम र नारायणगढ मुग्लिन सडक खण्ड बन्दका बाबजुत पनि यतीका दर्शकले महोत्सव अवलोकन गर्नु आयोजकका लागि हर्षको कुरा भएको अध्यक्ष गुरुङको भनाई छ ।
मौसमले साथ दिए हरेका दिन महोत्सव अवलोकन गर्ने दर्शको सख्या बढ्दै जाने विश्वास गरिएको छ । आज महोत्सव स्थल दर्शकहरुले भरीभराउ भएको थियो ।
आज विशेष गरि तीज गीत प्रतियोगिता कौडा नाच र लोक दोहोरी कलाकारहरुको प्रश्तुती रहेका थिए । आज देखि सुरु भएको तीज गीत प्रतियोगिता भने भोली सम्म संचालन हुनेछ । प्रतियोगितामा १६ टिम सहभागी रहेको तीज गीत प्रतियोगिताका संयोजक जुनाराज भण्डारीले जानकारी दिनुभयो ।
भोली तीज गीत प्रतियोगिता सगैँ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दोहोरी प्रश्तुती रहनेछन् ।
तीज गीत प्रतियोगितालाई जोइन मिडिया हाउस अनामनगर र डाइल अप मिडिया हाउस तीन कुने काठमाडौँले प्रायोजन गरेको छ ।
असोज ६ गते सम्म चल्ने महोत्सवमा १५० स्टलहरु रहेका छन् । कृषि पर्यटन, विभिन्न जातजातीको पहिचान झल्किने स्टल विभिन्न खेल र बाल उद्यान महोत्सवका मुख्य आकर्षक रहेका छन् ।महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता, तिज गित प्रतियोगिता, डान्स प्रतियोगिता, विद्यालय स्तरीय गायन प्रतियोगिता, कविता प्रतियोगिता, ईकोसान प्रविधीको प्रदर्शनी, त्रिशुलीमा कायाकिङ्ग, ¥याफ्टिङ्ग, जलबिरे लामो झरनामा क्यानोनिङ्ग, इच्छाकामना मन्दिर दर्शन, उपप्रदाङ्ग गढि, बालगौरी मन्दिर, सिराईचुली तथा इच्छाकामनाका विभिन्न पर्यटकिय स्थलको हेलिकप्टरमा अवलोकन लगाएतका आकर्षणहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्