पहिरोले पुरिएर घाईते भएका २ जनाको उपचार नपाएर मृत्यु

काडमाडौं २८ भदौ,/ लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा गएको पहिरोमा परी घाइते २ जनाको ज्यान गएको छ ।

पहिरोमा पुरिएर घाइते ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापाको उपचार नपाएर ज्यान गएको हो । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले दुई स्थानको सडक अवरुद्ध भएपछि उनीहरुलाई थप उपचारका लागि सदरमुकाम ल्याउन नसक्दा ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस्