धमकेदार ‘लाईभ म्युजिक शो’ हुने

बनेपा, २८ भाद्र / भाद्र २९ गते शुक्रबार लाईभ म्युजिक शो हुने भएको छ ।

बनेपा चारडोबाटो स्थित हायत स्पोट बार एण्ड लञ्जमा कार्यक्रम हुने भएको हो । राईजिङ्ग रोयल ब्याण्डका निलेश श्रेष्ठ, प्रिजेन्ट खड्गी, रुपेश रोक्काको बेजोड साँगितिक पस्तुति रहने सो कार्यक्रममा मोडल, नायिका प्रियंका अधिकारीको आकर्षक नृत्य प्रस्तुति रहने छ ।

लाईभ कार्यक्रममा ख्याती प्राप्त राईजिङ्ग रोयल ब्याण्डका कलाकारहरुले अघिल्ला प्रोगामहरुमा झै नयाँ, पुराना चर्चित गीतहरु पस्केर उपस्थित पाहुनाहरुलाई मनोरञ्जन गराउने ब्याण्ड सदस्य प्रिजेन्ट खड्गीले बताए ।


प्रतिक्रिया दिनुहोस्