विश्वकै उत्कृस्ट खेलाडी मेसी हुन्, यो बर्ष भने लुका मोड्रिच

बार्सिलोना /  बार्सिलोनाका  स्टार लिओनेल मेसी उत्कृष्ट खेलाडी भएपनि यो बर्ष लुका मोड्रिचको रहेको क्रोएसिया / बार्सिलोनाका स्टार इभन राकिटिचले बताएका छन् ।


युइएफए उत्कृस्ट पुरुष खेलाडीको उपाधि जितेका लुका मोड्रिच    च्याम्पियन्स लिग बिजयी यात्रामा महत्वपूर्ण सदस्य रहेका  थिए ।       फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा समेत मोड्रिच शीर्ष तीनमा परेका छन् । बार्सिलोनाका स्टार मेस्सीलाई भने फिफा उत्कृस्ट खेलाडीको मनोनयनमा छैन । तीन स्थानमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र मोड्रिच छन् ।

राकिटिचले भने, ‘केहि त्यस्ता सिजन हुन्छन जहाँ आफु खराब वा राम्रो हुन सकिन्छ । मेरा लागि विश्वकै उत्कृस्ट खेलाडी मेसी हुन् । तपाईं १० जनालाई प्रश्न सोध्नुभयो भने ९ जनाले मेसीको नै नाम लिनेछन्। तर मलाई लाग्छ यो बर्ष भने लुकाको हो । मेस्सी रअन्य सबै लाई समेत थाहा छ कि मोड्रिच यस सिजन सबै अवार्ड पाउन सक्षम छन् । फिफा उत्कृष्ट खेलाडी समेत उनी नै हुनु पर्छ ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्