साफ महिला च्याम्पियनसिपको समूह चरणको ‘ड्र’ सम्पन्न

काठमाडौं  /साफ महिला च्याम्पियन्सिपको समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ । समूह चरणको ड्रमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् ।

 

अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारत सँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा भने नेपाल फाइनलमा भारतसँग पराजित हुँदै आएको थियो ।

 

समूह चरण ड्र-

समूह ‘ए’ – बंगलादेश, नेपाल, भुटान, पाकिस्तान

समूह ‘बी’ – भारत, माल्दिभ्स, श्रीलंका

महासचिवले भने , यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण श्रीलंकाले गर्ने सम्भावना बलियो रहेको छ । साफका महासचिव अन्वरुल हकले प्रतियोगिताको समूह चरण ड्रमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘ श्रीलंकाले गर्ने सम्भावना बढी छ । यदि त्यसो हुन सकेन भने नेपाल पनि विकल्पको रुपमा अगाडी आएको छ ।

 


प्रतिक्रिया दिनुहोस्