कुरिनटारमा सिमली छाँया,लौरी टेकेर आएका बृद्धबृद्धालाई पनि नचाए जीवन शर्माले

हिरालाल गुरुङ
चितवन,२९ भदौ ।
सिमली छाँयामा बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी झन ठूला दुखले घेरेको। 

जिवनका सुख दुखका गीत गाउने जीवन शर्मा सबैको मनमा बस्न सफल गायक हुन् । जीवन शर्मा भन्न वितिकै के बृद्धबृद्धा के यूवा सबै उमेर समूहका दर्शकहरुको भिड लाग्ने गर्छन् ।त्यस्तै भयो  प्रथम इच्छाकामना महोत्सवको चौथो दिन कुरिनटारमा पनि । जीवन शर्माले दुई जना बृद्ध बाआमाहरुलाई स्टेजमा बोलाए । जव जीवन शर्माले सिमली छायाँमा गीत गाउन थाले अन्य लौरी टेकेर आएका बृद्धबृद्धा बाआमा समेत मञ्चमै आएर नाच्न थाले । बृद्धबृद्धाबाआमासगैँ अन्य यूवा यूवायूवतीहरु पनि संगै नाचेँ ।

शर्माले मधेशी पहाडी हिमालका हिमाली, सयौँ जाती जनजाती हामी सबै नेपाली, कालो कौवा करायो होला र फोकल्याण्डको तापबाट जंगलबाट लेखीरहेको छु चिठी लेखीरहेको छु तिमिलाई चिठी बोलको गीत गाए ।

यसैबीच लोक दोहोरी गायिका इन्दिरा गुरुङ र प्रदिप त्रिपाठीले दर्शकको ध्यान खिचेको थियो । साथै इच्छाकामना गाउँपालिका स्तरी विद्यालय नृत्य प्रतियोगिताले पनि थप दर्शकलाई मनरोञ्जन दिलाए । प्राय जसो सहभागी टिमले राष्ट्रिय गीतमा नृत्य गरेका थिए ।
आज देखि प्रथम इच्छाकामना डान्स आईडल पनि सुरु भएको छ। डान्स आईडलका लागि ५० जना प्रतिष्पर्धी रहेका छन् ।

महोत्सवमा दर्शकहरुको निरन्तर साथ
प्रथम इच्छाकामना महोत्सवको उद्घाटनको दिन मौसमको खराबीले केही खल्लो बनाएको आयोजकलाई दोश्रो दिन देखि आज शुक्रबार चौथो दिन सम्म निरन्तर दर्शकहरुले साथ दिएका छन् । भदौ २६ गते देखि सुरु भएको महोत्सव अवलोकन गर्ने दर्शकहरुको भिड निरन्तर लाग्दा आयोजक हर्षित भएका छन् ।भोली उही खोलीको पानी बोलको चर्चित लोक दोहोरी गायक राजन गुरुङ र घनश्याम रिजाल लगायतका कलाकारहरुको प्रश्तुती रहने महोत्सवका सह–संयोजक तथा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङले जानकारी दिनुभयो ।

असोज ६ गते सम्म चल्ने प्रथम इच्छाकामना महोत्सवमा १५० स्टलहरु रहेका छन् । कृषि पर्यटन, विभिन्न जातजातीको पहिचान झल्किने स्टल विभिन्न खेल र बाल उद्यान महोत्सवका मुख्य आकर्षक रहेका छन् ।महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता, तिज गित प्रतियोगिता, डान्स प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, कविता प्रतियोगिता, ईकोसान प्रविधीको प्रदर्शनी, त्रिशुलीमा कायाकिङ्ग, ¥याफ्टिङ्ग, जलबिरे लामो झरनामा क्यानोनिङ्ग, इच्छाकामना मन्दिर दर्शन, उपप्रदाङ्ग गढि, बालगौरी मन्दिर, सिराईचुली तथा इच्छाकामनाका विभिन्न पर्यटकिय स्थलको हेलिकप्टरमा अवलोकन लगाएतका आकर्षणहरु रहेका छन् ।
उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्