बलात्कारी विरुद्ध लड्न देशैभरीका छात्रालाई बलात्कारीको आँखा फुटाउने तालिम दिने तयारी

काठमाडौ‌ भदौ ३० / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरी संगठनमाथि नै आम नागरिकको विश्वास गुम्दै गएको छ।

यो दबाबबीच प्रहरीले भने बलात्कारी विरुद्ध लड्न स्कुले छात्रालाई तालिम दिने योजना बनाएको छ ।

बलात्कारको घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रुपमा तालिम दिने तयारी थालेको छ।

तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको कोर्स समावेश गरिएको छ। ७७ वटै जिल्लाका स्कुले छात्रालाई यस्तो तालिम दिइने छ। आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्