नुवाकोटका तीन किशोरी दश दिनदेखि बेपत्ता

काठमाडौ‌ भदौ ३०. / नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन वितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन।
हराउनेमा १८ वर्षीया सम्झना तामाङ, १७ वर्षीया शर्मीला भनिने आइती तामाङ र १७ वर्षीया हसिना भनिने माया तामाङ रहेका छन ।
उनीहरु श्रीकृष्ण जन्माष्टमीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए।

किशोरीहरुको खोजी गरिदिन पीडित परिवारले इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएका छन्।

जिल्लासँग जोडिएका सबै नाकामा उनीहरुको खोजी भइरहेको नुवाकोटका प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले बताए। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्