प्रिमियर लिगमा टोटनह्याम र लिभरपुल खेल्दै

वेम्वली / इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति सात खेल हुदैछ । अन्तर्राष्ट्रिय विश्रामपछि फेरि क्लब लिग शुरु हुन लागेको हो । प्रिमियर लिग अन्र्तगत आज टोटनह्याम र लिभरपुलबीच निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल हुदैछ । खेल टोटनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा साँझ ५:१५ बजेपछि शुरु हुदैछ ।

यो सिजन उच्च प्रदर्शन गरिरहेको लिभरपुललाई टोटनह्यामले आफ्नो घरेलु मैदानमा पहिलो हार चखाउने योजनामा हुनेछ । टोटनह्यामको यो योजनामा ह्यारी केन, लुकास मौरा, क्रिस्टियन इरिक्सन, मौसा डिम्वेले, इरिक डेर र डेल अली मुख्य हतियार हुनेछन् ।

यता, यो सिजन उच्च प्रदर्शन गरिरहेको लिभरपुल टोटनह्यामलाई घरेलु मैदानमा स्तब्ध पार्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । लिभरपुलका साडियो माने, रोबर्टो फिर्मिनो, मोहम्मद सलाहले जुनसुकै बेला पनि टोटनह्यामको रक्षापङ्ति तोड्न सक्दछ । यस्तो अवस्थामा लिभरपुसल प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ । यि दुई टोलीबीचको पछिल्लो सिजनको दुई भेटमा टोटनह्याम सफल देखिएको छ । टोटनह्यामले पहिलो खेलमा ४–१ को जित दर्ता गर्दा दोस्रो खेलमा २–२ को बराबरी खेलेको थियो ।

टोटनह्यामले यो सिजन खेलिएको चार खेलमध्ये १ खेलमा हार बेहोरेको छ । टोटनह्याम ४ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा छ । यता सशप्रतिशत जित निकालेको लिभरपुल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । समान १२ अंक भएपनि चेल्सी र वाटफोर्ड दोस्रो र तेस्रो स्थानमा छ ।

प्रिमियर लिगमा अन्य खेलहरु

एएफसी बोर्नामाउथ विरुद्ध लेस्टर सिटी (राति ७:४५ बजे)

चेल्सी विरुद्ध कार्डिफ सिटी (राति ७:४५ बजे)

हडर्सफिल्ड टाउन विरुद्ध क्रिस्टल प्यालेस (राति ७:४५ बजे)

म्यानचेस्टर सिटी विरुद्ध फुलहम (राति ७:४५ बजे)

न्यु क्यास्टल युनाइटेडविरुद्ध आर्सनल (राति ७:४५ बजे)

वाटफोर्डविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १०:१५ बजे)

–एजेन्सी/हाम्रो खेलकुद


प्रतिक्रिया दिनुहोस्