थुनिएको बडिगाड खोला झनै उच्च जोखिम, फुटेमा तल्लो क्षेत्रका यी अघिकांश क्षेत्र बगाउने

बाग्लुङ / बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम टरिसकेको छैन ।

 

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ तुरतुरेमा पहिरोका कारण बडिगाड खोला थुनिदा दुईसय मिटर ताल भएको दृश्य । तटीय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । तस्बिर : सुवास गौतम

खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङ जिल्लाका नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने प्रयासका लागि रातिदेखि नै सो क्षेत्रमा परिचालन गरिएको थियो । तर, उनीहरुले नखोल्दै शनिबार बिहानपखबाट पानी आफै ‘ओभर फ्लो’ भएर बग्न सुरु गरेको छ । शुक्रबार राति साढे ११ बजेबाट थुनिएको खोलाको बहाव शनिबार बिहान साढे पाँच बजेबाट आफै बग्न थालेको बाग्लुङका प्रहरीले जनाएको छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने पानी बग्न सुरु गरेकाले केही हदसम्म जोखिम कम हुँदै जान थालेको बताए । तर पनि सामान्य अवस्था नहुन्जेल खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको उनले जानकारी दिए । ‘खोला किनारमा रहेका सबै मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको पौडेले बताए । खोला थुनिएको भाग एकैचोटी फुटेर बग्यो भने निक्कै ठूलो जोखिम छ । यसले खोला छेउका निक्कै तल्लो भागसम्मका बस्ति बगाउनेछ । रासस


प्रतिक्रिया दिनुहोस्