शान्ति तथा सुरक्षाबारे राष्ट्रपति घानीसँग छलफल

काबुल, अफगानिस्तान / अफगानिस्तानको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री शाह मोहमुद कुरेसीले शनिबार राष्ट्रपति मोहम्मद असरफ घानीसँग दुई देशको आपसी हित, शान्ति, राजनीतिक स्थायित्वलगायतका विविध बिषयमा छलफल गर्नुभएको छ ।

भेटका अफगानी शान्ति प्रक्रिया, स्थायित्व र आपसी सहयोगका बिषयमा उहाँहरूबीच कुराकानी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँहरूले अफगानिस्तान तथा पाकिस्तानको शान्ति, सुरक्षालगायतका विविध बिषयमा दुई नेताले ऐक्यवद्धता जनाएका थिए । उहाँहरूबीच अफगानिस्तानको शान्ति प्रक्रियाका बिषयमा पनि छलफल भएको थियो ।

उक्त छलफलमा राष्ट्रपति घानीले दुईपक्षीय संरचनामा शान्ति र सुरक्षा तथा अफगानिस्तान–पाकिस्तान पारबहन तथा व्यापार बिषयमा सहकार्य हुने बताउनुभएको भेटपछि जारी संयुक्त वक्तव्यमा जनाइएको छ । पाकिस्तानमा नयाँ सरकार बनेपछि कुरेसीको यो पहिलो भ्रमण हो । यसअघि कुरेसीले उहाँका अफगानी समकक्षी सलाहुद्दिन रब्वानीसँग पनि कुराकानी गर्नुभएको थियो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्