शनिबार राती प्रिमियर लिगमा के-के भयो ?

लन्डन / लिभरपुल र चेल्सीले शनिबार राती इंग्लिस प्रिमियर लिगअन्तर्गत आ(आफ्नो खेलमा जित दर्ता गरेका छन् । लगातार पाँचौ जित दर्ता गर्दै दुवै क्लब शीर्ष दुई स्थान ओगटेका छन् ।


लिभरपुलले वेम्बली मैदानमा टोटनहम हट्स्परलाई पराजित गर्दा इडेन हाजार्डको ह्याट्रिकमा चेल्सीले कार्डिफलाई पराजित गर्यो । खेलमा पछाडी पारेको चेल्सीले हाजार्डको प्रदर्शनमा पुनरागमन गर्दै शीर्ष स्थान नै आफ्नो नाम गर्यो । दोस्रो हाफमा दुई गोल गरेको आर्सनलले न्युकासल युनाइटेडलाई पराजित गर्यो । १० खेलाडीमा सिमित लेस्टर बर्नमाउथसँग पराजित भयो । विल्फ्रिड जाहाको एकमात्र गोलमा क्रिस्टल प्यालेसले हडर्सफिल्ड टाउनलाई पाखा लगायो । म्यानचेस्टर युनाइटेडले पनि वाटफर्डमाथि कठिन जित दर्ता गर्यो ।

शनिबारको पहिलो खेलमा लिभरपुलका लागि रोबर्टो फिर्मिनो र जिओर्जिनियो वाइनाल्डमले गोल गरेका थिए । एरिक लामेलाले अन्तिम मिनेटमा गोल गरेपनि नतिजा बदल्न सकेनन् । म्यानचेस्टर सिटीका लागि लेरोए सानेले दुई मिनेट नबित्दै गोल गरेपछि डेविड सिल्भा र रहिम स्टरलिङले गोल थप्दै सिटीको जित पक्का गरे । कार्डिफले चेल्सीविरुद्ध अग्रता लिएपनि हाजार्डको ह्याट्रिक र विलियनको गोलमा चेल्सी विजयी भयो ।


रायन फ्रेजरले खेलको पहिलो हाफमा दुई गोल गर्दै लेस्टरविरुद्ध अग्रता दिलाएपछि बर्नमाउथले सफल सुरुआत गर्यो । जोसुआ किङ्गले पेनाल्टीबाट गोल गर्दै खेल ३-० पनि बनाए । लेस्टर कप्तान वेस मोर्गनले रातो कार्ड खाएपछि एडम स्मिथले ४-० अगाडी राखे । अन्त्यतिर जेम्स म्याडिसन र मार्क अल्ब्राइटनले लेस्टरको लागि गोल गरे । आर्सनलका लागि ग्रानिट झाका र मेसुट ओजिलले १-१ गोल गरे । अन्तिम समयमा किअरन क्लार्कले न्युकासलका लागि गोल फर्काए ।

बेल्जियन फरवार्ड रोमेलु लुकाकुले पहिलो हाफमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसको केहि समयमा क्रिस स्मलीङले युनाइटेडको अग्रता दोब्बर पारे । वाटफर्ड कप्तान ट्रोए डिनीले दोस्रो हाफको मध्यतिर गोल फर्काएपनि खेल युनाइटेडले जित्न सफल रहयो ।

टोटनहम १-२ लिभरपुल

बर्नमाउथ ४-२ लेस्टर

चेल्सी ४-१ कार्डिफ

हडर्सफिल्ड ०-१ क्रिस्टल प्यालेस

म्यानचेस्टर सिटि ३-० फुलहम

न्युकासल युनाइटेड १-२ आर्सनल

वाटफर्ड १-२ म्यानचेस्टर युनाइटेड

-एजेन्सी/हाम्रो खेलकुद


प्रतिक्रिया दिनुहोस्