सन् २०२० मा डेविड बेकह्यामले मेसीलाई आफ्नो क्लबमा अनुबन्धन गर्ने

लन्डन /   डेविड बेकह्यामले अमेरिकी लिग मेजर लिग सकारमा इन्टर माएमी क्लब खरिद गरेपछि  सन् २०२० मा पहिलो सिजन खेल्ने तयारीमा रहेको क्लबका लागि उनले अर्जेन्टिनी स्टार लिओनेल मेसीलाई क्लबमा ल्याउने कार्य गरिरहेको खुलेको छ ।


मेसीको हाल बार्सिलोनासँगको सम्झौता २०२०-२१ सिजनसम्मका लागि मात्र रहदा इंग्ल्यान्ड स्टार डेविड बेकह्यामले लिगमा क्लबको आगमनलाई ठूलो महत्त्व दिँदै नाम चलेका खेलाडीलाई क्लबमा अनुबन्धन गर्न अहिले देखि प्रक्रिया चालिसकेका छन् । त्यसबेला मेसीको उमेर पनि ३३ वर्ष पुगिसकेको हुनेछ । यस्तो अवस्थामा माएमीले ठूलो रकमको प्रस्ताव राखेको खण्डमा क्लब र खेलाडी दुवैका लागि माएमीको प्रस्ताव सनादर्भिक हुने विश्लेषकहरुको ठम्याई छ ।

यद्यपी हालसम्म मेसी र बार्सिलोनासँग कुनै औपचारिक प्रस्ताव भने गरिएको छैन ।  स्रोतका अनुसार माएमीले अन्य केहि खेलाडीलाई पनि सम्भावनाको रुपमा हेरेको छ । मेसी भने उक्त सुचिमा शीर्ष स्थानमा छन् ।

मेसीले बार्सिलोनामा करिअर सकिने सम्भावना नरहेको र अर्जेन्टिना गएर आफ्नो बाल्यकालको क्लबमा खेल्ने बताएका थिए । तर विगत केहि समययता अर्जेन्टिनाको राष्ट्रिय टोलीमा उनको प्रदर्शनलाई लिएर अर्जेन्टिनी समर्थकहरु निराश भएका कारण उनले अर्जेन्टिना नफर्कने मनस्थिति बनाएका छन् ।

 

बेकह्यामले क्लब खरिद गरेको माएमी सहरमा ७० प्रतिशत भन्दा बढी ल्याटिन जनसंख्या रहेको छ । यसका कारण पनि मेसी र उनको परिवारलाई यस क्षेत्रमा बसोबास गर्न सहज हुने अनुमान लगाइएको छ । एमएलएसले विगत लामोसमयदेखि युरोपका ठूला खेलाडी भित्र्याउँदै आएकोमा मेसीको आगमनले लिगले नयाँ आयाम पाउने धेरैले अपेक्षा राखेका छन् ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्