रुपन्देहीमा मध्यराती १३ वर्षीया बालिकाको कपाल काटेर दुई तला माथिबाट फ्याँकियो

काठमाडौ‌ असोज १,
रुपन्देहीको तिलोत्तमा नगरपालिका १ मा आइतबार राती १३ वर्षीया बालिका दिपिका पौडेलको हत्या प्रयास भएको छ।

आफ्नै घरको कोठामा सुतिरहेको अबस्थामा बाहिरबाट भ¥याङ लगाई अपरिचित व्यक्तिहरुले उनको टाउकाको बायाँपट्टिको कपाल काटी घरको दोश्रो तलाबाट खसालेका हुन्।

विहान बालिकालाई बेहोस अबस्थामा आमाले देखेपछि उपचारको लागि अस्पताल लगिएको छ। बालिकाको भैरहवामा उपचार भइरहेको छ। बालिकाको बायाँ हात र खुट्टा फ्याक्चर भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले अनुसन्धानपछि घटनाबारे तथ्यहरु खुल्ने बताए। दुई जना मान्छेहरु आएर बालिकालाई फालेको परिवारले बताएको एसपी थापाले बताए। आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्