किन दुख्छ ढाड ?

काठमाडौं / पछिल्लो समय ढाड दुख्ने समस्याको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपिन, शारीरिक मुभमेन्ट, बसाई नमिल्नु आदि कारयाले ढाड दुख्ने बिरामी बढिरहेका छन् । अस्पतालमा सानो बच्चादेखि बृद्व उमेर सम्मका मानिस ढाडको समस्या दिएर आउने गरेको डाक्टरहरु बताउँछन् । युवामा पनि मेकानिकल व्याकपेन देखिने गरेको छ । ढाड दुख्ने समस्या उत्पन्न हुने कारण यस्ता छन् :

– बसेर बत्ती कात्ने महिलामा बढी ढाड दुख्ने समस्या देखिने गरेको छ । महिनावारी सुकेको महिलामा पनि यो समस्या धेरै देखिने गरेको छ ।

– कम्प्युटरमा बढि समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोवाईल चलाउने, सुतेर टिभी हेर्नेहरुमा ढाड दुख्ने समस्या देखिने गरेको छ ।

– सैलुनमा बढी काम गर्ने, पार्लर चलाउनेहरुमा पनि ढाड दुख्ने समस्या बढी देखिने गरेको छ ।

– मोटरसाईकल लामो समय चलाउने युवायुवतीमा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ ।

– लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने बानी पनि ढाड दुुख्ने कारण हुन सक्छ । त्यसैले कुर्सीमा लामो समयसम्म बस्नुपरेमा बेलाबेलामा उठेर केहि बेर हिँडडुल गर्ने गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्