प्रथम इच्छाकामना महोत्सवमा भोली प्रीती आले र चोलेन्द्र पौडेलको प्रस्तुति रहने

कुरिनटार, १ असोज । प्रथम इच्छाकामना महोत्सवको आठौँ दिन भोली (मंगलबार) चर्चित लोक दोहोरी गायिक प्रीती आले र चोलेन्द्र पौडेलको प्रस्तुति रहने भएको छ । प्रीती आले र चोलेन्द्र पौडेल संगै अन्य विभिन्न विद्याका कलाकाहरुको प्रश्तुती रहने आयोजकले जनाएको छ ।

असोज ६ गते सम्म चल्ने प्रथम इच्छाकामना महोत्सवमा कृषि पर्यटन, विभिन्न जातजातीको पहिचान झल्किने स्टल विभिन्न खेल र बाल उद्यान महोत्सवका मुख्य आकर्षक रहेका छन् ।महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता, तिज गित प्रतियोगिता, डान्स प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, कविता प्रतियोगिता, ईकोसान प्रविधीको प्रदर्शनी, त्रिशुलीमा कायाकिङ्ग, ¥याफ्टिङ्ग, जलबिरे लामो झरनामा क्यानोनिङ्ग, इच्छाकामना मन्दिर दर्शन, उपप्रदाङ्ग गढि, बालगौरी मन्दिर, सिराईचुली तथा इच्छाकामनाका विभिन्न पर्यटकिय स्थलको हेलिकप्टरमा अवलोकन लगाएतका आकर्षणहरु रहेका छन् ।
उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्