एक महिना देखि उपचारार्थ भवानी राइलाइ अमेरिकाबाट सहयोग

काठमाडौं असोज १ , / एक महिना देखि उपचारार्थ भवानी राइलाइ अमेरिकाबाट कमला लिम्बुको नेतृत्वमा सहयोग प्रदान भएको छ ।

स्थाइ घर संखुवासभा चैनपुर नगरपालिका –१ पोक्लाबाङ भई हाल काठमाडौं बस्दै आएका भवानी राई केही महिना अगाडि घरको काम गर्ने सिलसिलामा लडेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारार्थ हुनुहुन्छ । उहाँका उपचारको लागी सहयोग रकम आउने क्रममा स्थाइ घर संखुवासभा चैनपुर नगरपालिका (१ हाल अमेरिका बस्दै आउनु भएका कमला लिम्बुको नेतृत्वमा रु ५६५८२ (छप्पन्न हजार पाँच सय बयासी रुपैयाँ) संकलन गरि पठाएको हो ।

उक्त रकम भवानी राई सहयोग संकलन समितीका संयोजक एम बी लिम्बु , चैनपुर नगरपालिका प्रमुख भरत खत्री र नमस्ते टाइम्सका सञ्चालक जीत लिम्बुले संयुक्त रुपमा सिनामंगलस्थित केएमसी ( K.M.C.)अस्पताल पुगेर हस्तान्तरण गरेका छन । त्यसै गरी जीत लिम्बुले व्याक्तिगत रुपमा रु ५००० (पाँच हजार)सहयोग हस्तान्तरण गरेको छ ।

सहयोग रकम अमेरिकाबाट कल्पना घिमिरे झापा नेपाल हाल न्युयोर्क, युएसए २५ डलर,श्रृजना खडका झापा नेपाल हाल न्युयोर्क, युएसए ३० डलर,मनी कुमार लिम्बु संखुवासभा हाल न्युयोर्क, युएसए ५० डलर , रोविन राई दार्जिलिङि हाल न्युयोर्क, युएसए ५१ डलर , रमेश कुमार सुनुवार ओखलढुङा हाल न्युयोर्क, युएसए १०१ डलर, पिके थक्लुङ संखुवासभा हाल न्युयोर्क, युएसए १२० डलर ,कमला लिम्बू संखुवासभा हाल न्युयोर्क, युएसए १२० डलर प्राप्त भएको छ ।

भवानी राईलाई उपचारका लागि अहिले सम्म यो रकम बाहेक विभिन्न व्यक्तिहरु संग संकलन गरेको लगभग ६० (साठी हजार) उठेको र हाल सम्म बिरामीको लागि खर्च दुई लाख उन्नाइस हजार भएको सहयोग संकलनका संयोजक ( MB) लिम्बुले जानकारी दिएका छन ।

 

भिडियो।।।।।।।।।।।।।।


प्रतिक्रिया दिनुहोस्