प्रथम इच्छाकामना महोत्सबमा दर्शकको ओईरो, प्रीती आले र अमर धितालको दोहोरीमा झुमे दर्शक

कुरिनटार २ असोज । प्रथम इच्छाकामना महोत्सबको आज मंगलबार आठौँ दिन पनि महोत्सव अवलोकन गर्न दर्शकहरुको भिड लाग्यो । नेपाल बन्दका बाबजुत पनि दर्शकहरुको भिड लागेका हुन् ।
हिजो सोमबार भन्दा पनि आज मंगलबार दर्शकहरुको बढि उपस्थिति रहेको आयोजकले जनाएको छ । आज विशेष गरेर प्रीती आले र अमर धिताललको दोहोरीले दर्शकहरुलाई नचाएका थिए ।
भोली चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्मा लगायतको अन्य विभिन्न विद्याका कलाकार तथा प्रथम इच्छाकामना डान्स आईडलका प्रतिष्पर्धीहरुको प्रश्तुती रहने छन् । साथै भोली कविता वाचन प्रतियोगिता पनि आयोजकले जनाएको छ ।
“ कृषि पर्यटन र व्यापार, इच्छाकामनाको मुल आधार” भन्ने मुल नारा सहित असोज ६ गते सम्म चल्ने प्रथम इच्छाकामना महोत्सवमा कृषि पर्यटन, विभिन्न जातजातीको पहिचान झल्किने स्टल विभिन्न खेल र बाल उद्यान महोत्सवका मुख्य आकर्षक रहेका छन् ।महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता, डान्स प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, कविता प्रतियोगिता, ईकोसान प्रविधीको प्रदर्शनी, त्रिशुलीमा कायाकिङ्ग, ¥याफ्टिङ्ग, जलबिरे लामो झरनामा क्यानोनिङ्ग, इच्छाकामना मन्दिर दर्शन, उपप्रदाङ्ग गढि, बालगौरी मन्दिर, सिराईचुली तथा इच्छाकामनाका विभिन्न पर्यटकिय स्थलको हेलिकप्टरमा अवलोकन लगाएतका आकर्षणहरु रहेका छन् ।
उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्