आज संविधान दिवस मनाइयो

काभे्रपलाञ्चोक, ३ असोज /  संविधान दिवस जिल्ला समारोह समिति काभे्रपलाञ्चोक तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा संविधान दिवसका अवसरमा आज जिल्ला सदरमुकाम धुलिखेलमा विविध कार्यक्रम गरिएको छ । समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले भ्रष्टाचारमुक्त देश बन्ने अपेक्षा गर्दै संविधानको सर्वोच्चताले सुखी र समृद्ध नेपाल बन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला न्यायाधीश अर्जुन अधिकारीले लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ संविधानले देशको मुहार फेरिने र नागरिकको सर्वोच्चता कायम हुन्छ भन्नुभयो । धुलिखेल नगरपालिकाका कार्यबाहक प्रमुख बिमला शर्मा र पत्रकार महासङ्घका जिल्ला अध्यक्ष मोतीराम तिमल्सिनाले नयाँ संविधानले समृद्धि नेपाल र सुखी नेपाली बन्ने विचार राख्नुभएको थियो । यसैबीच, आज काभे्रपलाञ्चोक जिल्लाका ६ वटा नगरपालिका र सात वटा गाउँपालिकाले विविध कार्यक्रम गरी संविधान दिवसको मनाएका छन् । रासस

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्