चालकले बुझाए प्रशासनमा ज्ञापनपत्र

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ३ असोज  /  स्वतन्त्र चालक समूह ताप्लेजुङले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भदौदेखि कार्यान्वयनमा आएको मुलुकी ऐन, अपराध संहिताअनुसार अपराधी सरहको व्यवहार सहेर सवारी नचालाउने चालकहरुले जानकारी गराएका छन् । उनीहरुले असोज २ गते मंगलबारबाट चालकहरुले सुरु गरेको अनिश्चिकालिन सवारी हड्ताल र यसबाट पर्न सक्ने असरबारे प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् ।

ज्ञानु सुनुवार संयोजक, मनोज राई सहसंयोजक र लोकेन्द्र तिवारी सचिव भनेर हस्ताक्षरित ज्ञापनपत्रमा यातायात व्यवस्था ऐन २०४९ लाई विस्थापन गर्दै कार्यान्वयनमा आएको मुलुकी देवानी, फौजदारी तथा अपराध संहिताले चालकहरुलाई हदैसम्मको मारमा पारेकोले यसको संसोधन नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर रहने उल्लेख गरिएको छ । उनीहरुले आन्दोलनका कार्यक्रम चलिरहँदा तोक्मेडाँडा देखि पुरानो बैंक लाइनसम्म दिनहुँ कोणसभाका कार्यक्रम राखिएको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्