च्याम्पियन्स लिगमा युभेन्टसको जितमा रोनाल्डोलाई रातो कार्ड

काठमाडौँ / युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएकोखेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको अारोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए ।


निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले  भ्यालेन्सियालाई २-० ले पराजित गरेको छ । सामी खेडिराले ६ यार्ड बक्सबाट बललाई पोस्टको दिशा दिन सकेनन् । खेलको २९ अौं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर मुरिलोलाई हात लगाएपछि रेफ्रिले अतिरिक्त रेफ्रिको सल्लाह अनुसार रातो कार्ड दिएका थिए ।

रोनाल्डोको प्रस्थानपछि केहि दवाव परेपनि युभेन्टसले रक्षात्मक रुपमा भने खेल बलियो बनाइरहेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा भ्यालेन्सिया कप्तान ड्यानी परेहोको गल्तीमा युभेन्टसले पेनाल्टी पायो । डिफेन्डर जोअाअो क्यान्सेलोलाई पेनाल्टी क्षेत्रभित्र लडाए पछि रेफ्रिले पेनाल्टी दिए । मिरालेम प्यानिचले त्यसमा सहजै गोल गरे ।

दोस्रो हाफमा पनि युभेन्टसले पेनाल्टी पायो र प्यानिचले त्यसमा पनि कुनै गल्ती नगरी टोलीलाई २-० को अग्रता दिलाए । यता भ्यालेन्सियाले खेलको अन्तिम समयमा पाएको पेनाल्टी भने कप्तान परेहोले गोल गर्न सकेनन् । रातो कार्ड पाएका रोनाल्डो अर्को खेलमा पनि उपलब्ध हुने छैनन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्