नेकपाले सातै प्रदेशको प्रदेश इन्चार्ज र अध्यक्ष टुङ्गो लगायो (सूचीसहित)

काठमाडौं / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले सातै वटा प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । मुख्य कार्यकारी भूमिकामा रहेका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

                                                                 तस्वीर : प्रदीपराज वन्त, रासस

नेकपा सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा शीर्ष नेताहरु ।  प्रदेश नम्बर एकको इन्चार्जको जिम्मेदारी भीम आचार्यले पाएका छन् । आचार्य यसअघि पूर्व एमालेको पनि इन्चार्ज थिए । सह–इन्चार्जको जिम्मेवारी साबित्रीकुमार काफ्लेले पाएका छन् । उनी पूर्व माओवादी केन्द्रका हुन् । अध्यक्षको जिम्मेवारी पूर्व एमालेबाट देबराज घिमिरले पाएका छन् । सचिवको जिम्मेवारी सांसद सुरेश कुमार राईले पाएका छन् ।

प्रदेश नम्बर २ को इन्चार्जको जिम्मेवारी सत्यनारायण मण्डलले पाएका छन् । मण्डल यसअघि पूर्व एमालेको इन्चार्ज पनि थिए । अध्यक्षको जिम्मेवारी पूर्व माओवादीबाट प्रभू साहले पाएका छन् । यसैगरी सहइन्चार्जको जिम्मेवारी पूर्वमाओवादीबाट विश्वनाथ साह पाएका छन् । पूर्व एमालेबाट सचिव सुमन प्याकुरेल भएका छन् । प्रदेश नम्बर तीनको इन्चार्जको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । उनी पूर्व एमालेको इन्चार्ज थिइन् । अध्यक्षको जिम्मेवारी पूर्वमाओवादीका हितमान शाक्यले पाएका छन् । सहइन्चार्जको जिम्मेदारी नारायण दाहालले पाएका छन् । दाहाल पूर्वमाओवादी समुहका हुन् । सचिवको जिम्मेवारी पूर्व मन्त्री समेत रहेका आनन्द पोख्रेलले पाए ।

गण्डकी प्रदेशको इन्चार्ज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाएका छन् । यसअघि एमालेबाट यो प्रदेशको जिम्मेवारी किरण गुरुङले पाएका थिए । अध्यक्षको जिम्मेवारी पूर्व माओवादीबाट हितराज पाण्डेले पाएका छन् । सहइन्चार्जको जिम्मेवारी पूर्वमन्त्री खगराज अधिकारीले पाएका छन् भने सचिव गोविन्द नेपाली भएका छन् । प्रदेश ५ को इन्चार्ज मुख्यमन्त्री समेत रहेका शंकर पोख्रेल भएका छन् । अध्यक्ष पूर्वसभामुख समेत रहेकी ओनसरी घर्ती भएकी छिन् । सहइन्चार्जको जिम्मेवारी दलबहादुर रानाले पाएका छन् । उनी पूव एमाले हुन् । सचिवमा जगप्रसाद शर्माले जिम्मेवारी पाए ।

कर्णाली प्रदेशको इन्चार्ज पूर्वमन्त्री समेत रहेका जनार्दन शर्मा भएका छन् । पूूर्वमन्त्री शर्मा पूर्व माओवादी हुन् । अध्यक्ष पूर्व एमालेबाट गोरखबहादुर बोगटी भए । सहइन्चार्जको जिम्मेवारी यमलाल कंडेलले पाएका छन् भने सचिव मयाप्रसाद शर्मा भएका छन् । प्रदेश नम्बर सातको इन्चार्जको जिम्मेवारी भीम रावलले पाएका छन् । अध्यक्ष पनि पूर्व एमालेबाट नै कर्ण थापा भएका छन् । सहइन्चार्ज लक्ष्मणदत्त जोशी र सचिव नेप चौधरी भएका छन् ।

कसले कहाँ पाए जिम्मेवारी ? हेर्नुहोस् सूची :

प्रदेश १
इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काफ्ले
सचिवः सुरेश बहादुर राई

प्रदेश २
इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३
इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः हितमान शाक्य
सहइन्चार्जः नारायण दाहाल
सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५
इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश
इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७
इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी


प्रतिक्रिया दिनुहोस्