डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीको सफल सुरुवाती

बार्सिलोना /  फ्रान्सका  ओसमाने डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीले सिजनको सुरुवाती चार खेलमा बार्सिलोनालाई लगातार जित दर्ता गराउन महत्वपुर्ण भुमिका खेलेका छन् ।


च्याम्पियनस लिगमा डेम्बेले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको ७४ औं मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पार्न महत्त्वपूर्ण भूमिका खेले । डेम्बेलेले यस सिजन सानदार सुरुवातको आनन्द लिएका छन् । बार्सिलोनाले मंगलबार च्याम्पियनस लिगमा पिएसभीविरुद्ध ४–० को सानदार जित दर्ता गर्दा मेसीले ह्याट्रिक गर्दै कीर्तिमान राखेको थिए ।  उनले यस सिजन सबै खाले ६ खेलमा पाँच गोल गर्दै आफुलाई टोलीको अभिन्न पाटो रहेको सावित गरेका छन् ।

पछिल्लो सिजन नयाँ परिवेशमा अनुकूल हुनका संघर्ष गर्दागर्दै उनले चोट बोकेका थिए । तर, यस सिजन उनी नयाँ आत्मविश्वासका साथ खेलिरहेका छन् । उनको तीव्र गति र खेलमा डटने क्षमताले बार्सिलोनालाई एक नयाँ आवरण दिएको छ । पछिल्लो सिजन नेयमार पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भएपछि उनको कमीको महसुस भएको थियो । डेम्बेलेले भालाडोलिड र सोसिडाडविरुद्धको खेलमा बार्सिलोनाको जितमा निर्णयक गोल गरेका थिए । उनले स्पेनिस सुपर कपमा पनि सेभिल्लाविरुद्ध निर्णायक गोल गर्दै जित दिलाए ।

च्यम्पियन्स लिगमा उनले बार्सिलानाका लागि दोस्रो गोल गरेका थिए । पीएसभीविरुद्धको जित पछि प्रशिक्षक भाल्भार्डेले भने, ‘डेम्बेले राम्रो गरिरहेका छन्  । एजेन्सी


प्रतिक्रिया दिनुहोस्