हाजार्ड मेस्सी र रोनाल्डोको स्तर समान

लन्डन /  विश्व फुटबलमा अझै पनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीलाई एक सबैभन्दा ठूला खेलाडी मानिन्छ । तर   इंग्लिस क्लब चेल्सीबाट खेलिरहेका पेड्रोले हाजार्ड पनि रोनाल्डो र मेस्सीकै तहको खेलाडी भएको बताएका छन् ।

पछिल्लो समय केही–केहीले ब्राजिलियन नेइमार, बेल्जियका इडेन हाजार्ड, इंग्ल्यान्डका ह्यारी केन, इजिप्टका मोहमद सालाहदेखि क्रोएसियाका लुका मोड्रिकलाई पनि मेस्सी र रोनाल्डोकै लेभलमा राखेर तलुना गर्न थालेका छन् । पेड्रो उनै खेलाडी हुन्, जसले बार्सिलोनामा लामो समय मेस्सीसँग खेले । मेस्सीको उच्च प्रदर्शनमा पेड्रोले आफ्नो ठाउँमा ठूलो भूमिका खेलेका थिए ।

‘हाजार्ड विश्वका शीर्ष चार खेलाडीमध्येमा पर्छन्,’ पेड्रोले भनेका छन्, ‘जब तपाईं मेस्सी, रोनाल्डो, नेइमार र हाजार्ड देख्नुहुन्छ भने उनी विश्वका शीर्ष चार फुटबलरमध्येमा अवश्य पर्छन् ।’ पेड्रोले यो पनि दाबी गरेका छन् कि, हाजार्ड बालोन डि‘ओर जित्न सक्ने खेलाडी हुन् । ‘

हाजार्डले सिजनको सुरुआतमा देखाएकै जस्तो लय कायम राखे उनी अर्को वर्ष ठूला अवार्डको दाबेदार हुन सक्छन् । घरेलु लिग इंग्लिस प्रिमियर लिगमा हाजार्डले चेल्सीका लागि यो सिजन मात्रै ५ गोल गरिसकेका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्