विराटनगरको शहिद रंगशालामा प्रदेश १ स्तरीय फुटबल प्रतियोगिता हुने

विराटनगर / विराटनगरको शहिद रंगशालामा आउँदो असोज २० गतेदेखि विराटनगरमा प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सीएमजी स्वस्थ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

असोज २० गतेदेखि २७ गतेसम्म हुने सो प्रतियोगितामा ९ क्लबले सहभागिता जनाउने भएका छन् । आयोजक सीएमजी स्वस्थ क्लबसहित विराटनगरका हाम्रो भेट्रान क्लब र हाटखोला स्पोर्टिङ क्लबका साथै इटहरी भेट्रान क्लब, धरान भेट्रान क्लब, कानेपोखरीको एभरेस्ट भेट्रान क्लब, दमकको पूर्वात्तचल भेट्रान क्लब र झापाका विर्तामोड भेट्रान क्लब र काँकडभिट्टा भेट्रान क्लबको सहभागिता हुने आयोजकले जनाएको छ । सो प्रतियोगिताको विजेताले १ लाख ५१ हजार जित्नेछ भने दोस्रो हुनेले ७५ हजार जित्नेछ ।

 


प्रतिक्रिया दिनुहोस्