लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानम,सिटीले फराकिलो जित निकाल्दा, युनाइटेड बराबरीमा

लन्डन  /  लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–० को गोलअन्तरले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार भएको पहिलो खेलमा फुलहम र वाटफोर्ड १–१ गोलको बराबरी रोकियो । यसैगरी अन्य ठूला खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले फराकिलो जित निकाल्दा म्यानचेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ ।

कार्डिफ सिटीविरुद्ध म्यानचेस्टर सिटीले ५–० को फराकिलो जित निकालेको थियो । जसमा सिटीका तर्फबाट सर्जियोले ३२ औं मिनेटमा, सिल्भाले ३५ औं मिनेटमा गुण्डोगानले ४४ औं मिनेटमा र महरेजले ६७ र ८९ औं मिनेटमा गोल गरे ।

 

यसैगरी अर्को खेलमा लिभरपुलले साउथह्यामपटनलाई ३–० ले हरायो । साउथह्यामपटनका वेस्लेले १० औं मिनेटमा आत्मघाती गोल गरेर लिभरपुललाई अग्रता दिलाएपछि थप दुई गोल थप्दै लिभरपुलले जित निकाल्यो । उसका लागि मतिपले २१ औं मिनेटमा र सालाहले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

यसैगरी अर्को खेलमा म्यानचेस्टर युनाइटेड र उल्भेज १–१ को बराबरीमा रोकिए । युनाइटेडका लागि फ्रेडले १८ औं मिनेटमा गोल गर्दा उल्भेजका माउटिन्होले ५३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा रोकेका थिए ।

यस्तै बर्नेली बोर्नेमाउथसँगको खेलमा ४–० को फराकिलो जित निकाल्यो । बर्नेलीका लागि मतेजले ३९ औं, लेननले ४१ औं र अस्लेले ८३ औं र ८८ औं मिनेटमा गोल गरेपछि फराकिलो अन्तरले बर्नेलीले जित निकालेको थियो ।

त्यसैगरी अर्को खेलमा लेस्टर सिटीले हुडर्सफिल्डसँगको खेलमा ३–१ को जित निकालेको छ । हुडर्सफिल्डले ५ औं मिनेटमै अग्रता लिएको भएपनि लेस्टर सिटीले त्यसपछि लगातार ३ गोल गर्यो । उसका लागि केलेचीले १९ औं मिनेटमा, जेम्सले ६६ औं मिनेटमा र जेमीले ७५ औं मिनेटमा गोल गर्दै ३–१ को जित निकाले । यसैगरी अर्को खेलमा क्रिस्टल प्यालेस र न्यु क्यास्टल गोलरहित बराबरीमा रोकिएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्