एलिना बनिन् डान्स स्टार

प्रयास लिम्बू

ताप्लेजुङ / कुन्साड् डान्स सेन्टर मुख्य आयोजक रहेको ‘डान्स ताप्लेजुङ डान्स’ को उपाधि एलिना गुरुङले हात पारेकी छन् । शनिबार सदरमुकाम फुङ्लिङमा सम्पन्न फाइनल अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै एलिनाले डान्स ताप्लेजुङ डान्सको उपाधि रक्षा गरिन् ।

उपाधिका साथ उनले नगद ५० हजार पाएकी छन् । प्रतियोगितामा फस्ट अनरअप बन्दै प्रवेश खतिवडाले नगद २० हजार रुपैयाँका साथ ट्रफी पाएका छन् । सेकेण्ड रनरअप रोजी लिम्बू भइन् । रोजीले नगद १० हजार रुपैयाँका साथ ट्रफी पाएकी छन् । फाइनल चरणमा आयुष लिम्बू र प्रीति गुरुङ पनि सहभागी थिए । आयुष र प्रितीको क्रमशः चौंथो र पाँचौ स्थान रह्यो ।

बिजेता नृत्यकारहरुलाई कार्यक्रमका प्रमुख अथिति रहेका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन सहितले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । तीन सय ५० बढी सहभागीबीच गराइएको प्रतिस्पर्धामा गएको भदौ २२ गतेको सेमीफाइनल अडिसनबाट फाइनल प्रतिस्पर्धाका लागि ५ जना छानिएका थिए । फाइनल अडिसनमा जानुअघि उनीहरुलाई कृष्ण तामाङ, अभिशेष मगर र टाइगर तामाङमार्फत कोरियोग्राफी गराइएको थियो ।  आयोजक कुन्साड् डान्स सेन्टर प्रोपाइटर पेम्बा लामाले डान्स ताप्लेजुङ डान्सको ख्यातीले यसको सिजन २ को ढोका खुल्ला गरेको जानकारी दिए । कार्यक्रममा अर्जुनधारा डासिन्सङ स्टार आकृति तामाङ र कलाकार वीरेन्द्र श्रेष्ठ समेतले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्