कङ्गोमा विद्रोहीको आक्रमणबाट १६ जनाको मृत्यु प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार १७:१० बेनी, कङ्गो / प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा विद्रोही सहित अरु १२ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठ जना घाइते भएका छन् । उक्त घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । रासस/एएफपी