अपराजित बार्सिलोनाले आज जिरोनासँग खेल्दै

बार्सिलोना / स्पेनिस ला लिगामा  अपराजित टोली रहेको बार्सिलोनाले आज राति १२ः४५ बजे जिरोनासँग खेल्दैछ दिँदैछ ।

यी दुईको यो भेट दोस्रो हो । जिरोना गतवर्ष मात्र ला लिगा प्रवेश गरेको टोली हो ।  गत सिजनको अन्तिम खेलमा बार्सिलोनाले जिरोनालाई आफ्नै घरमा ६–१ ले हराएको थियो । उक्त खेलमा बार्सिलोनाका लागि लुइस स्वारेजले ह्याट्रिक गरेका थिए भने मेस्सीले पनि २ गोल गोल गरेका थिए ।

 

आफ्नो घरेलु मैदान क्याम्प नोउमा पाहुना टोलीलाई स्वागत गर्दा बार्सिलोना स्पष्ट जितको खोजीमा हुनेछ । यो सिजन बार्सिलोनाले खेलेका ४ वटै खेल जितेर विजयी यात्रा जारी राखेको छ । यता, जिरोनाले भने हालसम्म ४ मध्ये दुई खेल जितेर एकमा हार व्यहोर्दा एकमा बराबरी गरेको छ । जिरोना लिगको १०औं स्थानमा रहेको छ । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्