डिनको ताप्लेजुङ अध्यक्षमा तेम्बे

प्रयास लिम्बू

ताप्लेजुङ, ७ असोज  / डिप्लोमा इञ्जिनियरिङ एसोसिएसन (डिन) ताप्लेजुङको अध्यक्षमा श्रीध्वोज तेम्बे चयन हुनुभएको छ । शनिबार सदरमुकाम फुङ्लिङमा सम्पन्न चौंथो जिल्ला अधिवेशनले तेम्बेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको जिल्ला उपाध्यक्षमा यज्ञश्वर बख्रेल, सचिवमा गजेन्द्र थलङ्, सहसचिवमा रुद्रप्रसाद बेघा र कोषाध्यक्षमा शुक्रराज लिम्बू चयन हुनुभएको छ । सदस्यहरुमा केशरकुमार प्रसाईं, बिदुर महत, आशिष घिमिरे र डम्बर लिम्बू रहनुभएको छ । कार्यसमितिको कार्यकाल चार वर्षको रहने र अधिवेशन डिनका केन्द्रीय सचिव उत्तम खरेलको उपस्थितिमा सम्पन्न भएको नव निर्वाचित अध्यक्ष तेम्बेले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्