फ्रेन्च लिगमा स्टेड रेन्नियजविरुद्ध पीएसजीको जित, शीर्ष स्थान कायमै

पेरिस  /  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले  आइतबार रातिको खेलमा स्टेड रेन्नियजविरुद्ध ३–१ को जित निकाल्दै पीएसजीले शीर्ष स्थान कायमै राखेको छ ।

स्टेडको घरेलु मैदानमा भएको खेलमा पीएसजीका एड्रियनले ११ औं मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजी १–० ले पछाडि रहेको थियो । तर, खेलेको ४५ औं मिनेटमा डी मारियाले गोल गरेपछि पीएसजी १–१ को बराबरी गर्यो ।

पीएसजीको जितमा एन्जल डि मारिया, थोमस मुल र इरिप म्याक्सिङले एक–एक गोल गरे भने पीएसजीका एड्रियन रविटले आत्मघाती गोल गर्दै स्टेडलाई एक गोल उपहार दिए ।

दोस्रो हाफको ६१ औं मिनेटमा थोमस मुलरले र ८३ औं मिनेटमा इरिक म्याक्सिङले गोल गरेपछि ३–१ जित निकाल्दै पीएसजीले यहाँसम्म अपराजित रेकर्ड बनाएको छ । एजेन्सी,


प्रतिक्रिया दिनुहोस्