चेल्सी गोलरहित बराबरीमा रोकियो

लण्डन  /  इंग्लिस प्रिमियर लिग फुटबलको  खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको छ । आइतबार रातिको खेलमा वेष्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

वेष्ट ह्यामको घरेलु मैदानमा पाएको मौकामा गोल गर्न नसक्दा चेल्सीले घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि तेस्रो स्थानको चेल्सीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो ।

चेल्सीले ६ खेलबाट १६ अंक जोडेको छ भने वेष्ट ह्यामले ६ खेलबाट ४ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा लिभरपुल र दोस्रो स्थानमा म्यानचेस्टर सिटी रहेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्