अपराजित बार्सिलोना जिरोनासँग बराबरीमा रोकियो

बार्सिलोना / स्पेनिस ला लिगामा अपराजित टोली रहेको बार्सिलोना जिरोनासँग २- २ गोलको बराबरीमा रोकियो ।

मेसीले खेलको १९ औं मिनेटमा गोल गर्दै  महत्त्वपूर्ण भूमिका खेले  पनि जिरोनाको स्तौनीले ४५ / ५१ औं मिनेटमा गोल गर्दै खेलमाअग्राता दिलाएका थिए । पिकुएले खेलको ६३ औं मिनेटमा गोल गर्दै खेललाई हार बाष्ट जोगायो ।

यी दुईको यो भेट दोस्रो हो । जिरोना गतवर्ष मात्र ला लिगा प्रवेश गरेको टोली हो । गत सिजनको अन्तिम खेलमा बार्सिलोनाले जिरोनालाई आफ्नै घरमा ६–१ ले हराएको थियो । उक्त खेलमा बार्सिलोनाका लागि लुइस स्वारेजले ह्याट्रिक गरेका थिए भने मेस्सीले पनि २ गोल गोल गरेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्