फोरमको विभिन्न समिति गठन

प्रयास लिम्बू

ताप्लेजुङ, ८  असोज / संघीय समाजवादी फोरम नेपाल ताप्लेजुङको विभिन्न संगठनहरु गठन भएका छन् । फोरम निकट युवा संघको जिल्ला तथा नगर समिति र पार्टीको नगर समिति एकै पटक गठन भएका छन् । आइतबार सम्पन्न संघीय समाजवादी फोरम नेपालको प्रथम फुङ्लिङ नगर अधिवेशनले प्रदिप मादेनको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षहरुमा तेज गुरुङ, तेज मादेन र रोमन अन्छङ्बो, सचिवमा तारा लेछर्बो, सहसचिव रीमा अन्छङ्बो र कोषाध्यक्षमा निकेश श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सुरेश आवजुङको अध्यक्षतामा ३३ सदस्यीय संघीय समाजवादी युवा संघ जिल्ला कार्यसमिति र दीपक गुरुङको अध्यक्षतामा १८ सदस्यीय संघीय समाजवादी युवा संघ नगर कार्यसमिति पनि गठन भएको छ ।

युवा संघको जिल्ला कार्यसमिति उपाध्यक्षहरुमा बलिहाङ पोमू, दिवस बराल, सलिन गुरुङ, सचिवमा डेविट माबोहाङ (लिम्बू), सहसचिव सन्तोष माबो र कोषाध्यक्षमा माइकल लिम्बू रहनुभएको छ । त्यस्तै नगर कार्यसमितिमा उपाध्यक्ष द्वयमा विकास लिम्बू र साजन मादेन, सचिवमा प्रज्वल गुरुङ, उपसचिव किशोर गुरुङ र कोषाध्यक्षमा पासाङ गुरुङ चयन हुनुभएको छ । आइतबार एकैदिन सम्पन्न तीनवटै अधिवेशन संघीय समाजवादी युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश तुम्रोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फोरम ताप्लेजुङले जानकारी दिएको छ । अधिवेशनमा कीर्तिमान मादेन, चन्द्र मादेन लगायतका पार्टीका नेताहरुको समेत उपस्थिति रहेको फोरमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्