फुटबल : नेपालले चीनलाई हरायो

काठमाडौँ / भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि ९यू–१८० स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे । खेल सुरुवातीको सातौँ मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए । त्यसैगरी खेलको ७० आँै मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउदै टीकाले एक गोल थपे । नेपालले समूह चरणको अन्तिम खेल भोलि बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस्