दुई जना फरार प्रतिवादी पक्राउ

प्रयास लिम्बू

ताप्लेजुङ, ११ असोज  / ताप्लेजुङ जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका दुईजना फरार प्रतिवादी मैवाखोला गाउँपालिका ४ साँघु बस्ने मनबहादुर संयोग लिम्बू र सन्तोष भनिने कुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

                                                           फाईल तस्विर

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार २०६८ साल असोज गते स्थानीय बलबहादुर लिम्बूको हत्या गरी फरार रहेका लिम्बू द्वय लुकिछिपी रहेको अवस्थामा बुधबार पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराई बुधबार नै कारागार चलान गरिएको प्रहरी निरीक्षक लक्ष्मणबहादुर मगरले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक मगरका अनुसार कैद सजाय तोकेर फरार भएका चार वर्ष पछि पक्राउ परेका हुन् । जिल्ला अदालतले उनीहरुलाई कर्तव्य गरेको ठहर गरी २०७४ बैशाख १५ गते २०/२० वर्षको कैद सजायको फैसला सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्