राष्ट्रसङ्घद्वारा थप मानवीय क्षति रोक्न इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूसँग आग्रह

जेरूसेलम /  शुक्रबार सीमा क्षेत्रमा भएको झडपमा सात प्यालेष्टिनी नागरिकको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्यमन्त्रीको भनाईपछि इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूलाई राष्ट्रसङ्घले सीमानामा थप क्षति हुनबाट सावधानी अपनाउन शनिबार निर्देशन जारी गरेको छ ।

गाजा क्षेत्रमा भएका प्रदर्शनका क्रममा इजरायली सुरक्षाकर्मीको गोली लागि दुई बालबालिकासहित सात प्यालेष्टिनी नागरिकको मृत्यु र सयौँ अन्य घाइते भएको खबरले म निकै दुःखी भएको छु, प्यालेष्टिनी क्षेत्रमा राष्ट्रसंघीय मानव अधिकार मामिला संयोजक जिम्मी म्याकगोल्डरिकले शनिबार जारी बक्तव्यमा भनिएको छ ।

“सीमा क्षेत्रमा थप मानवीय क्षति र उक्त क्षेत्रको शान्तिका लागि इजरायल, हमास नेता साथै सम्बन्धित सबैसँग आग्रह गर्न चाहन्छु ।” शुक्रबारको झडपमा क्रमश १२ र १४ बर्षका दुई बालकसहित सात जनाको मृत्यु भएको थियो । यो गत मे १४ पछि भएकोे सबैभन्दा दर्दनाक घटना हो । मे यता उक्त क्षेत्रमा मृत्यु हनेको सङ्ख्या ६० पुगेको छ ।

अमेरिकाले जेरूसेलमलाई इजरायली राजधानीको रूपमा मान्यता दिएपछि यसको विरोधमा उत्रिएका प्यालेष्टिनीहरूले अमेरिका तथा इजरायलविरोधी प्रदर्शन गर्दै आएका छन् । इजरायली सेनाले सीमाक्षेत्रमा करिब २० हजार मानिस भेला भई इजरायली सुरक्षाकर्मी तथा सीमाबारलाई लक्षित गरी विस्फोटक पदार्थले आक्रमण शुरू गरेपछि सेनाले केही क्षेत्रमा बल प्रयोग गरेको जनाएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्