एनआरटीले रेफ्रीलाई कारबाहीको माग गर्दै दियो एन्फामा निवेदन

काठमाडौं  /   सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा रेफ्रीले गलत निर्णय गरेको भन्दै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै एनआरटीले अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दर्ता गराएको हो ।

आर्मीसँगको शनिबार भएको खेलमा रेफ्रीको गलत निर्णयका कारण अंक बाँड्नु परेको आरोप लगाउँदै एनआरटीले आवश्यक अनुसन्धानकालागि एन्फामा निवेदन दिएको हो । हिजोको खेलमा फिफा रेफ्री सुदिस पाण्डेको विवादास्पद निर्णय दिएको एनआरटीको ठहर छ । उसले दुई पटक खेलमा अग्रता लिएपनि रेफ्री पाण्डेकै कारण अंक बाँड्नु परेको गुनासो पोखेको छ ।

रेफ्रीले दिएको पेनाल्टी र अन्तिम मिनेटको फ्रिकिकमा असन्तुष्टि व्यक्त गर्दै छानविनको माग गरिएको हो । रेफ्रीको निर्णयको बिषयमा आवश्यक छानविन गर्न माग गर्दै क्लब अध्यक्ष दिपकहर्ष बज्राचार्यले एन्फामा निवेदन दर्ता गरिएको बताए । उ


प्रतिक्रिया दिनुहोस्