प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटका बिषयमा राजनीति गरेको आरोप

लण्डन, बेलायत / ब्रेक्जिटबारे चेकर्स योजनाको विरुद्धमा भएका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको प्रधानमन्त्री टरिजा मेले आइतबार बताउनुभएको छ ।

बेलायती पत्रिका सण्डे टाइम्सलाई दिएको अन्तवार्तामा प्रधानमन्त्रीले ब्रेक्जिटलाई देखाएर अनावश्यक राजनीति गरेको आरोप लगाउनुभएको हो । उहाँले चेकर्सको कार्यक्रम ब्रेक्जिटलाई अघि बढाउने व्यवहारिक रणनीति मात्र हो । उहाँले आफुले प्रधानमन्त्रीका रूपमा अझै दीर्घकालीन काम गर्न लागेको सङ्केत गर्नुभयो । बेलायत र इयूबीच ‘साझा कानून’मार्फत सामान आदानप्रदान गर्ने आफ्नो योजना सार्वजनिक गर्दै मेले भन्नुभयोे सेवाका लागि भने छुट्टै आधार तय हुनेछ । उत्तरी आएरल्याण्ड तथा आइरिस गणतन्त्रबीचको कठोर सीमानीतिलाई सम्बोधन गर्ने विश्वसनीय आधार खोजिने पनि बताउनुभयो ।

मेको उक्त रणनीतिलाई ब्रेक्जिट पक्षधरबाट नै कडा रूपमा आलोचित बनेको छ । उनीहरूले मेको चेकर्स योजनाले बेलायतको सार्वभौमसत्तामाथि सम्झौता गर्ने र सन् २०१६ को जनमतसङ्ग्रहको मतदानलाई धोखा दिने बताउनुभयो । पूर्व विदेशमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री मे ब्रेक्जिट धारणाबाट ‘विचलित’ भएको बताउनुभएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्