निर्मला काण्ड : प्रहरीमाथि यति जोडदार प्रश्न उठदा पनि किन गरियो ? डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

काठमाडौं असोज १५, / कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलत्काार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्वित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । परिक्षणले उनीहरलाई सफाई दिएको छ । निर्मलको शवबाट संकलित रिपोर्ट आफूसंगै राखेर प्रहरीले आशंका गरिएका तीन जनाको रकतको नमुना मात्र केन्द्रिय बिधीविज्ञान प्रयोशाला पठाएको थियो । रकतको आधारमा विधी िवज्ञानले तिनजनाको डिएनए परिक्षण विष्लेषण गरेर रिपोर्ट प्रहरीलाई नै पठायो ।

प्रहरीले आप्नो प्रयोगशालामा विष्लेषण गर्दा दुईथरी नमुना म्याज नभएको ठहर गत्यो । निर्मलाको शवबाट संकलित नमुना पनि पाएको भए विधिविज्ञानले नै म्याच गर्छ कि गर्दैन भनेर ठहर गर्न सक्थ्यो । तर निर्णयक काम प्रहरी आफैले गत्यो । आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्