चोटको कारण बेलले च्याम्पियन्स लिगको खेल गुमाउने

मड्रिड  /    रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले  मंगलबार राति च्याम्पियन्स लिगमा दोस्रो खेल रियलले खेल्दैछ, उक्त खेलमा बेल हुनेछैनन् ।

क्लबले बेलको तीघ्रामा चोट लागेको पुष्टि गरेको छ । उनले कम्तीमा एक साता खेल्न नसक्ने क्लबले जनाएको छ । बेल ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलमा घाइते भएका थिए ।

वेल्स स्टार बेलले यो सिजन ४ गोल गरिसकेका छन् । सन् २०१७ मा बेल लामो समय चोटबाट गुज्रिएका थिए । गएको सिजन बेलले रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउँदा फाइनलमा २ गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा रियलले पहिलो खेलमा इटालियन क्लब रोमालाई ३–० ले हराएको थियो । उसले दोस्रो खेल सिएसके मोस्कोसँग खेल्दैछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्