राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष के.पी. पालुङवा अमेरीका प्रस्थान

काठमाडौं, १५ असोज / बहुल राष्ट्रिय मोर्चाका नेता एबं राष्ट्रिय जनमुक्ति पार्टीका  अध्यक्ष श्री के.पी. पालुङवा असोज १३ गते शनिवार साँझ अमेरीका प्रस्तान गर्नु भएको छ ।

एक महिने भ्रमणका लागि अमेरीका प्रस्थान गर्नु भएका अध्यक्ष पालुङवा ज्यूले अमेरीका बसाईको क्रममा पार्टीको प्रवास संगठन जनमुक्ति मञ्च न्यूयोर्कको भेला लगायतका कार्यक्रममा भाग लिनु हुनेछ ।

 

उहाँलाई पार्टी संघीय परिषदको कार्यालय धोविघाटले एक कार्यक्रम गरी विदाई गरिएकोछ । पार्टी अध्यक्ष द्धारा पार्टी सह–अध्यक्ष श्री मानध्वज ब्लोन ( तामाङ )लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि प्रदान गर्नुे भएकोछ ।


प्रतिक्रिया दिनुहोस्