प्रहरी हौँ भन्दै लुटेर फरार दुई पक्राउ

काठमाडौँ, १५ / असोज महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्