स्वस्तिमा भन्छिन : बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी हुँ

काठमाडौं असोज १६, / नायिका स्वस्तिमा खड्काले आफ्नो कठोर मिहिनेतले नै आफूलाई सफलता मिलेको बताएकी छिन् । उनले भनिन्  ‘मलाई लक लागेको मेरो मिहिनेतले हो” । तर, सबै कुरा वुझ्ने श्रीमान् पाएकाले पनि काम गर्न सजिलो भएको छ । बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी स्वस्तिमाले भनिन्  ‘मेरो पहिलो चलचित्र आउने वित्तिकै मेरो बिहे भयो ।

यसैले दर्शकले मेरो काम हेर्न पाउनुभएको थिएन । अर्कोतिर म लक्की पनि हो । निश्चल जस्तो श्रीमान् पाउनु, निश्चलसँग सल्लाहा गरेर काम गर्नुले पनि मलाई व्यस्त बनाएको छ ।

हाल चलचित्र ‘बुलबुल’को छायांकनमा व्यस्त  स्वस्तिमाले चलचित्र ‘हजार जुनी सम्म’ मा काम गर्न लागेको कुरालाई भने अहिले नै पक्का नभएको बताइन् । उनले भनिन्   ‘विकास दाइसँग कुरा त भएको छ ” । तर, मैले चलचित्र साइन गरिसकेकी छैन । मैले पनि समाचार पढेकी थिएँ । तर, पक्का होइन ।’


प्रतिक्रिया दिनुहोस्